रुसमा विमान दुर्घटना: कम्तीमा १५ पारासुट जम्परको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसमा विमान दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ७ जना भने घाईते भएको जनाइएको छ । रुसको टार्टसटन क्षेत्रमा एक विमान दुर्घटना हुँदा विमानमा सवार पारासुट जम्परको मृत्यु भएको हो ।

समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई घाईते अवस्थामा जीवितै उद्धार गरिएको हो। बाँकी १५ जनाको अवस्था अज्ञात रहेकाले उनीहरु जीवित भएको कुनै संकेत फेला नपरेको रुसका अधिकारीहरुले बताएका छन् । दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।

आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग दुर्घटनामा जमिनमा गाडिएको र आधा भागमा विमान भाँचिएको अवस्थामा रहेको छ ।

  • २४ आश्विन २०७८, आईतवार १५:३६ प्रकाशित