आज यस्तो छ डलर,युरोको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०० पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ ।

  • २८ पुष २०७९, बिहीबार १०:०५ प्रकाशित