लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री पाउँदै

केन्द्रभाग मिडिया

काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् ।

प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् ।

केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् ।

केन्द्रको सहमति अनुसार लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ । एमालेबाट आज संसदीय दलका नेता लिला गिरीले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ ।

माओवादी केन्द्रको भागमा परेको कर्णालीमा पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय रहेको छ ।कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू असन्तुष्ट छन् ।यस्तै, एमाले(माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ ।

सहमति अनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।

अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

  • २७ पुष २०७९, बुधबार १०:३९ प्रकाशित