विवाद र आलोचनाबीच पदमा बस्न उचित लागेन : हमाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवाद र आलोचनाबीच पदमा बसिरहन उचिन नलागेको मन्त्री गजेन्द्रबहादुर हमालले बताएका छन् । उनले सर्व आलोचनार प्रश्न उठेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट आज बिहान राजिनामा दिएपश्चात यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामा दिएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटामा मन्त्री भएको भनेर प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल विभिन्न सञ्‍चारमाध्यायमहरूमा सम्प्रेसित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ, उनले राजीनामा पत्रमा लेखेका छन्, मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।

  • २४ आश्विन २०७८, आईतवार १२:३० प्रकाशित