अन्तत् प्रचण्ड सरकारलाई सशर्त समर्थन गर्दै नेकपा एस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन् । ती सर्त ९एजेण्डाहरु० पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।’

नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलाएका छैनन् ।

  • २६ पुष २०७९, मंगलवार ११:२६ प्रकाशित