ओली अब गाई खोद्दै एउटा काँधमा हलो र अर्कोमा सूर्य बोकेर हिँड्छन् : मन्त्री खतिवडा

केन्द्रभाग मिडिया

पोखरा ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा लोकतान्त्रिक र बामपन्थी शक्तिको बीचमा समिकरण भएर अगाडि बढ्ने बताएका उनले एमाले र राजावादी पार्टी राप्रपाका बीचमा तालमेल हुने समेत उद्घोष गरे । शनिबार नेकपा (एकीकृत समाजवादी) कास्कीले आयोजना गरेको दसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो आरोप उद्घोष हुन् ।

‘हामी लोकतान्त्रिक बामपन्थीहरु जो हिजो लोकतन्त्रका लागि लडेका शक्ति हौं सबै एक ठाउँमा हुन्छौं । एमाले र राजावादीहरुको पार्टी राप्रपाका संगै हुन्छ । तपाईहरु आजकल सुनिरहनुभएको छ । यता केपी ओलीलाई कसैले प्रहार ग¥यो भन उता कमल थापालाई चसक्क दुख्ने गरेको छ । अगामी निर्वाचनमा केपी ओली अगाडि गाई खेद्दै एउटा काँधमा हलो र अर्को काँधमा सूर्य चिन्ह लिएर हिँडिरहेका हुनेछन्’ उनले भने ।

मन्त्री खतिवडाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग कुनै पनि राजनीतिक मुद्धा र एजेण्डा नभएकाले सहानुभुति लिन तर्फ लागेको समेत आरोप लगाए । उनले एमालेको पहिलो विधान महाधिवेशनमा ‘नेकपा एमाले जिन्दावाद’ कतै नसुनिएको टिप्पणी गरे । एमाले जिन्दाबाद नसुनिनु तर ‘केपी बा जिन्दावाद’ मात्रै सुनिनु नीति र विचारबाट च्युत भएको उनको भनाई थियो । एमाले अध्यक्ष ओलीले गर्ने भाषणमा कुनै बिचार र दर्शन नरहेको भन्दै उखान टुक्का, अकबर र वीरवलका कथा तथा तोतामैनाका कहानीले पार्टी वा देश नचल्ने बताए ।

मन्त्री खतिवडाले अहिले संसद् अवरुद्ध गर्दै एमालेले ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नारा लगाउनु हास्यास्पद रहेको टिप्पणी गरे । संसद जोगाउने आफूहर लुसुक्क हुनुपर्ने र संसदलाई दुई दुई पटक हत्या गर्ने केपी ओली र उनको एमाले संबैधानिक सर्वोच्चता कायम गरको नारा लागएर संसद कब्जा गर्नु अनौठो रहेको उनले सुनाए ।

सभामुखलाई कुनै पनि सांसद निकाल्ने अधिकार १५ दिनसम्म रहने तर, त्यो अवधिमा नयाँ पार्टी स्थापना भइसकेकाले एमालेले संसद अबरुद्ध गर्नुको कुनै तुक नरहेको उनले बताए । संविधानले नदिएको अधिकार सभामुले एमालेका ६०/७० जना सांसदले नारा लगाउँदैमा प्रयोग गर्न नसक्ने उनको टिप्पणी थियो ।

संसदमा नारा लगाएर हुनेभए सत्ता पक्षका झण्डै दुई तिहाई सांसदले केपीलाई निकाल्न भन्दै नारा लगाउने बताए । उनले ‘संसद्मा ६०÷७० जनाले नारा लगाउँदैमा कसैलाई निकाल्न पाइने भए हामी पनि सत्तापक्षका सांसदले केपी ओलीहरुलाई निकाल भनेर नारा लगाउछौँ,’ भनेका छन् ।

मन्त्री खतिवडाले स्वास्थ्यको क्षेत्रमा आफूले महत्वपूर्ण काम गर्ने समेत दाबी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)लाई आफूले सकेको राम्रो बनाउने र पोखराका अन्य अस्पताललाई प्रदेश सरकारले हेर्ने उनले सुनाए ।

कार्यक्रममालाई संबोधन गर्र्दै नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले आफ्नो पार्टी सच्चा कम्युनिष्ट पार्टी भएको धारणा राखे । उनले जनताको अपेक्षा यही पार्टीले पुरा गर्ने भन्दै व्यक्ति वादमा होइन, सिद्धान्त र त्यसको व्यवहारिक कार्यन्वयनलाई आफूहरुले जोड दिने उनको भनाई थियो ।

नेकपा (एकीकृति समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले स्वागत गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशका मन्त्रीहरु, अन्य राजनीतिक दलका प्रतिनिधिहरु र नेकपा एसका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

  • २३ आश्विन २०७८, शनिबार १४:४४ प्रकाशित