काठमाडौं ।
अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले कर्मचारी तत्काल हेरफेर नहुने आश्वान दिएका छन् ।
पौडेल अर्थमन्त्री बनेपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर्ने र काम हेरेर मात्र निर्णय लिने आश्वासन दिएको मन्त्रालयका एक सहसचिवले बताएका छन् ।
ती सहसचिवले भने, ‘मन्त्रीले तत्काल कुनै निर्णय नलिने तर कामको अवस्था हेरेर निर्णय गर्छु भन्नु भएको छ । यसो हुँदा केही समय कर्मचारीको काम हेर्लान् । अहिले नै कुनै कर्मचारीको सरुवा हुने देखिएको छैन ।’
समान्यतया मन्त्रालयमा मन्त्री फेरीएसँगै कर्मचारीको व्यापक हेरफेर हुदै आएको छ ।













