खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोध प्रर्दशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिकाको गेटमा धर्ना दिन पुगेका हुन् ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् ।सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो ।

टुँडिखेललाई पूर्ववत् अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो । सो अभियानमा ऐक्यबद्धता जनाउन आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको अभियन्ताहरुले बताएका छन् ।

  • १८ पुष २०७९, सोमबार १४:५० प्रकाशित