जसपामा दलको नेता छान्न भोलि मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद्‍मा छैटौं दल जनता समाजवादी पार्टीले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भोलि बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरू हुनेछ । बिहान ११–१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

भोलि नै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ ।

  • १२ पुष २०७९, मंगलवार १४:५५ प्रकाशित