जसपाले छान्यो चार मन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम छनोट गरेको छ ।

पार्टी स्रोतको अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तय भएको छ ।

पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको बताइएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।ध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् ।

  • २२ आश्विन २०७८, शुक्रबार १४:१३ प्रकाशित