काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट बनेको एमालेले आज पनि संसद चल्न दिएनन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गर्दै अवरुद्ध गरेको हो । दिउँसो १ बजेदेखि सुरु भएको बैठक केही बेरमै अवरुद्ध भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक सुरु भएलगत्तै अवरुद्ध गरेको हो । अहिले एमाले सांसदहरूले संसद्मा नाराबाजी गरिरहेका छन् ।एमालेले पार्टीले कारबाही गरेको सांसदको सुची टाँस गर्न आग्रह गरिरहेका छन् । सभामुखले सुची टाँस गर्न नसके सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ ।