काठमाडौं ।
नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण भोलिको लागि तय भएको छ ।
उक्त शपथ ग्रहण समारोहको लागि संघीय सचिवालयले तयारी थालेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
नवनिर्वाचित २७५ सांसदलाई सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउने छन् । बिहिबार दिउँसो १ बजे हुने शपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
यस्तै सांसदहरुलाई आकस्मिक उपचार सेवाको पनि व्यवस्था गरिएको संघीय संसदका चिकित्सक डा।पुष्प रिजालले जानकारी दिए । प्राथमिक उपचारको व्यवस्था, मेडिकल एक्सपोर्ट टिम को को राख्ने भन्ने तयारी भइरहेको उनले बताए ।
शपथपछि सांसदहरुका लागि सचिवालयले संसद भवन परिसरमा चियापान समेत गराउने भएको छ ।













