माओवादीले भोलि दलको नेता चयन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले भोलि(बिहीबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् ।

प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ ।

पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

  • ६ पुष २०७९, बुधबार १४:४२ प्रकाशित