कार्यकर्तालाई अश्लील म्यासेज पठाउने माओवादीका नेता निलम्बित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको छ ।

सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो । उनले अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ ।

  • ५ पुष २०७९, मंगलवार १६:३६ प्रकाशित