बालुवाटार अपडेट: बैठकको बीचमै निस्किए माधव

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

मन्त्रालयको भागवन्डामा कुरा नमिल्दा असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै निस्किएका छन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल बाहिरिएका हुन् । उनले आफ्नो भनाई राखेर बैठकको बीचमै निस्किएको स्रोतले बताएकोे छ ।

अन्य नेताहरु बैठकमा बसीरहेका छन्। माधव भने आफ्नो भागमा थोरै मन्त्रालयको भाग लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेर बैठकबाट निस्किएका हुन् । यसअघि काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच घनिभुत छलफल भईरहेको छ ।

  • २१ आश्विन २०७८, बिहीबार १७:१६ प्रकाशित