काठमाडौं ।
सत्ता गठबन्धनभित्र सरकार गठनका लागि केही समस्या देखिन थालेपछि वाम सरकारको पहल सुरु भएको छ।
गठबन्धनको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पहिलो चरणको प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसभित्र समस्या देखिएपछि वाम सरकारको पहल सुरू भएको हो। कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।
यसैक्रममा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर कोर्स करेक्सन गर्न आग्रह गरेका छन् । एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिएका हुन् ।













