काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि थप जटिल नहोस् भन्नका लागि अस्पतालमा राखिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पार्टीको अधिवेशन चिलरहदा पौडेल विभिन्न जिल्लामा सक्रिय थिए ।
अवस्था थप जटिल नहोस् भन्नका लागि अस्पतालमा आराम गरिरहेको उनी निकट नेताले जानकारी दिए । कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् ।