अध्यादेशको विरोधमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

आज मंगलबार बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । यो अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

  • २७ मंसिर २०७९, मंगलवार १०:५७ प्रकाशित