एमालेलेको लोगोप्रति माओवादीको आपत्ति : आफ्नो चुनाव चिन्हसँग मिल्दोजुल्दो बनाएको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ । आफूहरुको चुनाव चिन्हसँग जुध्ने गरी लोगो बनाएको भन्दै माओवादीले आपत्ति जनाएको छ ।

आफुहरुको चुनाव चिन्हसँग मिल्ने गरि लोगो बनाएको भन्दै माओवादीले कानुनी उपचार खोज्ने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमालेले कानुनविपरित लोगो उस्तैउस्तै हुनेगरि लोगो सार्वजनिक गरेकाले आफुहरु कानुनी उपचारमा जाने बताएका हुन् ।

एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेको छ।माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौँडा हो ।
असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो।कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय झण्डामा पनि हँसिया हथौडा चिन्ह हुन्छ।

  • २१ आश्विन २०७८, बिहीबार १४:३४ प्रकाशित