साइड इफेक्ट देखिएपछि स्विडेनमा कोरोना विरुद्धको खोप लगाउन रोक

केन्द्रभाग मिडिया

काठमाडौ ।

स्विडेनमा साइड इफेक्ट देखिदाँ कोरोना विरुद्धको खोप मोर्डना लगाउन रोक लगाइएको छ ।

३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको हो। साइड इफेक्ट देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि आवश्यक कदम चालिने अधिकारीहरुले बताएका छन् ।

 

  • २१ आश्विन २०७८, बिहीबार १०:०० प्रकाशित