सत्ता गठबन्धनको बैठक सुरु : चुनावी समीक्षा हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्ष नेता सहभागी छन् ।

प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

  • १९ मंसिर २०७९, सोमबार १६:४० प्रकाशित