एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले जानकारी दिए।

यसै क्रममा सोमबार र मंगलबार साबिक भरत पोखरी गाउँ बिकास समितिको वडा न तीन र चार एबम बुधबार साबिकका वडा न १ र २ मा भेला प्रशिक्षण सम्पन्न भएका छ। त्यस्तै बिहिबार वडा न ५,६ र ७ को भेला भर्ती पोखरामा र ८ र ९ को असोज २४ गते आयोजना गरिएको क्रान्तिकारीले बताए।

बिहीवार सम्पन्न भेलामा अनेरास्ववियुका पुर्ब उपाध्यक्ष एबम एमाले प्रभाबशाली युबा नेता रश्मि आचार्यले जनताको आशा र भरोषा एमाले नै भएको भन्दै एमालेको बिजय यात्रालाई कुनै गठबन्धनले रोक्न नसक्ने जिकिर गरे। उनले अबको निर्बाचनमा एमालेलाइ कसैले पनि डगमगाउन नसक्ने गरि जनताको घर घरमा जान कार्यकर्ताहरुलाइ आग्रह गरे।

ओलि नेतृत्वको सरकारले गरेका एतिहासिक कामबाट आत्तिएका केही देसि बिदेसी प्रतिक्रीयाबादी हरु सरकार गिराउन लागि परेपनि अब आउने निर्बाचनमा त्यस्ता कुतत्वहरुलाइ जनमतले नै जबाफ दिने उल्लेख गरे । कार्यक्रममा युबा संघका केन्द्रिय सदस्य महेश अर्यालले युबाहरु थप उर्जाका साथ जनताका दैलोमा जाने भन्दै जनहितकारी काममा झन बढी केन्द्रीत भएको बताए।

उनले युवाहरु वैचारिकरुपमा मजबुत हुदै व्बायसायिक आय आर्जनका कार्यमा सरिक हुनुपर्ने भन्दै सो बातावरण निर्माणमा आफ्नो संगठन निरन्तर लागिरहेको बताए । सो अबसरमा पोखरा ३३ का वडा अध्यक्ष शिब प्रसाद आचार्य , साबिक भरत पोखरी गा बि स का अध्यक्ष यज प्रसाद अधिकारि , एमाले पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी लगाएतले बोलेका थिए । सो पार्टिले आगामी दिनमा थप जनजीविकाका विषय सहित सांगठनिक गतिविधी तिव्र बनाउने भएको छ।

  • २१ आश्विन २०७८, बिहीबार ०८:५५ प्रकाशित