पोखरा । स्याङजा क्षेत्रनम्बर २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन् ।
भट्टराइले १२८२ मतले अग्रता लिएका हुन् । एमालेका उम्मेदवार बुद्धिमन श्रेष्ठले १२ हजार ३४५ मत प्राप्त गर्दा कांग्रेसका मट्टराईल्े १३ हजार ६२७ मत प्राप्त गरेका छन् । कालिगण्डकी र गल्याङको मत गणना हुदाँ निकै प्रतिष्प्रर्धा रहेको मा चापाकोट नगरपालिकाको मतगणना सुरु भए पछि कांग्रेस उम्मेदवारले मतान्तर बढाएका हुन् ।
प्रतिनिधि सभा तर्फ स्थिर रहेको मतान्तरलाई धनराज गुरुङले पनि अग्रता बढाएका छन् । गुरुङले २५ हजार ६५३ मत प्राप्त गरेका छन् भने, एमालेकी पद्यामा कुमारी अर्यालले २२ हजार २१३ मत प्राप्त गरेकी छन् । गुरुङ३ हजार ४४० मतले अगाडी छन् ।













