पोखरा ।
स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ अहिलेसम्म ४० हजार ८४८ मत गणना भएको छ ।
जारी मत गणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् ।
उनले १६ हजार ७३६ मत प्राप्त गरेका छन् । गुरुङका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले १५ हजार १६४ मत प्राप्त गरेकी छन् ।
अर्याल गुरुङ भन्दा १५७२ मतले पछाडि छन् । रास्वपाका टिकबहादुर गुरुङ्ले ६ हजार २६६ मत प्राप्त गरेका छन् ।













