एमालेको गढमा पनि धनराजको अग्रता कायमै

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जा क्षेत्रनम्बर २ को मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले १५ हजार ७० मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार पद्याकुमारी अर्यालले १२ हजार ९०९ मत प्राप्त गरेकी छन् । अर्याल भन्दा गुरुङ २ हजार १६१ मतले अगाडी छन् ।

सुरुवाती समयमा अर्यालले अग्रता लिए पनि पछिल्लो समय २ हजार भन्दा बढिको मतान्तर घटाउन सकेकी छैनन् ।

एमालेको गढ मानिने कालिगण्डी गाउँपालिकामा अहिले मतगणना भइरहेको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १४:२७ प्रकाशित