काठमाडौं ।
स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १०२१ मत पाएका छन् ।
हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।
निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।













