काठमाडौंको सुकुम्बासीबस्तीमा महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा महानगरको डोजर पुगेपछि स्थिति तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

  • १२ मंसिर २०७९, सोमबार १५:२५ प्रकाशित