पोखरा ।
देशभर हिजो (आइतबार) सम्पन्न भएको निर्वाचनको मतगणना केही स्थानबाहेक हिजो राती देखिनै अधिकांश जिल्लामा सुरु भएको छ । कास्कीमा पनि मतगणना जारी रहेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २(१)मा १ हजार ७ सय ४ मत गन्दा राप्रपाको चिन्ह हलो अगाडि रहेको छ ।
राप्रपाका उम्मेदवार बिजयबहादुर भण्डारीले ६५९ मतसहित अग्रता कायम राखेका छन् । भने एमालेले राप्रपालाई पछ्याइरहेको छ । एमालेले ४३४ मत पाएको छ । भने माओवादीले ३६३ मत ल्याएको छ।













