काठमाडौं ।
प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश थकालीको अग्रता रहेको छ।
पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको हो ।
यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेको छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियो । अहिले लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ।













