बाग्लुङ ।
बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको बताइएको छ।
जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेको बताइएको छ । पुन मतदान गर्न एमाले उम्मेदवारहरुले माग गरिरहेका छन् ।
बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।













