काठमाडौं ।
सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने भएको छ ।
प्रदेश नम्बर २ मा भ्रष्टाचार बढे पनि अख्तियारले खासै चासो नदिएको भन्दै पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको हो । आज दिउँसो १२ बजे कार्यालय घेराउ गर्ने र ज्ञापन पत्र बुझाउने पार्टीले जनाएको छ ।
प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि मन्त्रालयहरू, जनकपुर महानगरलगायतमा भ्रष्टाचार बढेको पार्टीको ठम्याई छ ।
भ्रष्टाचार भएकोबारे अख्तियारमा जानकारी रहेको, फाइल तयार अवस्थामा हुने तर राजनीतिक दवावका आधारमा मुद्दा दर्ता गर्न पछि हटेको विरोधमा ज्ञापन पत्र बुझाउने तयारी जनमत पार्टीको छ।