गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध उजुरी परेको छ । खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको हो ।

खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन् ।

  • १ मंसिर २०७९, बिहीबार १५:५६ प्रकाशित