रौतहटमा चुनावी लफडा : दुइ दलबीच झडप, ४ राउन्ड हवाई फायर

केन्द्रभाग मिडिया

रौतहट ।

चुनावको ४ दिन अघि गएराती रौतहटमामा चुनावी लफडा भएको छ । रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिदाँ अवस्था नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार थियो ।

घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको जनाइएको छ। अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो ।

  • १ मंसिर २०७९, बिहीबार १५:२५ प्रकाशित