चितवन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग दुश्मनी गर्ने पार्टी सिद्धिने चेतावनी दिएका छन् । आज (सोमबार) चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ लक्षित गर्दै सो चेतावनी दिएका हुन् ।
राम लक्ष्मण जन्मेको ठाउँमा आफूले रामजन्म भूमि ल्याउँदा माओवादीका अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै भने, ‘एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठायो, लखेट्ने भो भने । मलाई थाहा थियो एमालेसँग दुश्मनी गर्ने पनि सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुश्मनी गर्ने सिद्धिन्छन्। चुप लागेको भए हुन्थ्यो दुश्मनी गरे ।’
ओलीले त्यसो भन्ने नेता उकालोतिर लागे भन्दै प्रचण्डलाई संकेत गरे । ‘एकपल्ट काम लाग्छ त्यो पनि । भाग्या ठाउँ पनि एकपल्ट काम लाग्छ’, ओलीले भने, ‘हालत के रहेछ गोरखामा पनि रु भोट गरेर चुनाव जित्ने अवस्था रहेनछ । मान्छे कुट्न थाले ।’













