गोरखामा एमाले नेतामाथि आक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गोरखामा एमाले नेतामाथि मध्यरातमा आक्रमण भएको छ।

गोरखा– २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रहेका अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आइतबार राति आक्रमण भएको हो ।अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दुई आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको अन्य तीन जना फरार रहेको बताएको छ ।

आक्रमण गर्नेहरु कोबाट परिचालित हुन यकिन हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ।

  • २८ कार्तिक २०७९, सोमबार १०:०५ प्रकाशित