आज गण्डकीका यी तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

चुनाव प्रचारप्रसार गर्न पाउने दिन छोटिदैं जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रचार तीव्र बनाएका छन् ।

प्रचण्डले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् ।

  • २८ कार्तिक २०७९, सोमबार ०९:२३ प्रकाशित