बारा ।
आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनको ७२ घन्टा अघि देखि नै नेपाल भारत सीमा बन्द हुने भएको छ । मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल(भारत सीमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दुबै देशका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्नका लागि भारत नेपाल सीमा बन्द गर्न लागिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । उनले भने,‘हामी कहाँ सबैभन्दा ठुलो सुरक्षा चुनौती भनेको खुला सीमाको फाइदा उठाएर हुनसक्ने अपराधहरू हो यसलाई नियन्त्रण गर्न चेक पोईन्टहरुलाई व्यापक बनाएका छौ ।’
यस्तै मतदानका बेला कुनैपनि शङ्कास्पद तथा निर्वाचन विरोधी गतिविधि भए अधिकतम बल प्रयोग गर्ने स्थानीय प्रशासनले जनाएको छ । आसन्न निर्वाचन विप्लव समूहले निर्वाचन बहिष्कार गरेर भण्डाफोर गर्ने कार्यक्रम घोषणा गरेका कारण निर्वाचन अझ धेरै चुनौती थपिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् ।
‘निर्वाचनमा कुनै धाँधली भयो, कसैले हुलदङ्गा गर्यो भने अव प्रहरी मुकदर्शक भएर बस्दैन, अहिलेको प्रहरी एक्सनमा आउँछ त्यसमा नेपाल प्रहरी, नेपाली सेना र अनुसन्धानको भूमिका पनि सँगसँगै छ’ प्रजीअ कटुवालले भने ‘प्रहरीले एक्सन गर्दा त्यसबाट हुने हानीको जिम्मेवारी पनि जसले गल्ती गर्छ त्यसैले बेहोर्नुपर्छ’ ।
निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्न बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पनि निर्वाचनमा अधिकतम बल प्रयोग हुनसक्ने टिप्पणी गरेका छन् ।
‘













