भरतपोखरीमा एमाले उम्मेदवार कार्कीको घरदैलो

केन्द्रभाग मिडिया

पोखरा ।

एमाले उम्मेदवारले पोखरा महानगर ३३ मा घरदैलो गरेका छन् । कास्की क्षेत्रनम्बर २ (१) का उम्मेदवार भीम कार्कीले सो क्षेत्रका मतदातासंग सुझाव मागेका थिए ।

भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।

दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए ।
विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।

निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार पार्ने बताए ।

सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।

उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।

पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

  • २६ कार्तिक २०७९, शनिबार १०:०९ प्रकाशित