प्रमुख निर्वाचन आयुक्तको निर्देशन : भने,‘फर्जी मतदानको खतरा छ, चनाखो हुनुस ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा फर्जी मतदानको खतरा रहेकाले चनाखो रहन निर्देशन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कतिपय उम्मेदवारको मानसिकता जसरी पनि जित्नुपर्छ भन्ने रहेको भन्दै फर्जी मतदान हुन सक्ने तर्फ सचेत रहन निर्देशन दिएका हुन् ।

उनले भने, ‘कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू छन् । जसले फर्जी मतदान हुने खतरा रहन्छ । त्यसतर्फ बढी चनाखो हुनस् ।

धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचन प्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन थपलियाको आग्रह छ ।

‘हाम्रा सबै कानुनी व्यवस्था पूर्ण छन्, मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरूलाई कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट सतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानुन बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘कानुनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हासिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि रहिरहने अवस्था हुन्छ ।’

यस्तै आयोगले निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ। आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी सतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुबारे कारबाही गर्ने कुरामा पछि नहट्न आयोगको निर्देशन छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार १५:११ प्रकाशित