पछिल्लो समय निकै चर्चा कमाएका लोक गायक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेको भन्ने समाचार हिजो (सोमबार) अचानक प्रकाशनमा आयो । एकाएक समाचार फैलिएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।
स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज एकाबिहानै लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’
आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको उनले फेसबुक स्टाटसमा लेखेका छन् ।
‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता रु’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।
उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई १’
गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई रु’
अहिले गायक दूतराज सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा छन् ।













