रमेश लेखक : काँग्रेस हार्दा विकास पनि हार्दो रहेछ

केन्द्रभाग मिडिया

कञ्चनपुर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले आफुहरु हारेकोमा चिन्ता नभएको बताएका छन् ।

राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउँदै लेखकले आफुहरु हार्दा विकास पनि हारेको बताए । उनले भने,‘हामी हारेकामा चिन्ता छैन, कांग्रेस हार्दा विकास हार्दो रहेछ , विकास हारेको मा चिन्ता छ । ’

दोधारा चाँदनीमा सोमबार कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उनले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नु नहुने बताए।

राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो।‘अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ। गर्नुपर्ने अझै धेरै छ। त्यो पनि पूरा गर्छौं। जे बोल्छौँ। त्यो पूरा गरेर छाड्छौँ,’ उनले भने।

विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको आरोप लगाए ।

  • १९ आश्विन २०७८, मंगलवार ०८:३१ प्रकाशित