गठबन्धनमा गाठो फुक्यो: मन्त्री बन्नेको लिस्ट देउवालाई, को–को बन्दैँछन् मन्त्री ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबण्डामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । सत्तापक्षीय गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा नै सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले यसबारेमा सहमति जुटाउन दाहाललाई आग्रह गरेका थिए ।

पछिल्लो समय सांसदको संख्याको अनुपातमा मन्त्रालय भागबण्डा गरिनुपर्ने कुरा उठेको थियो । तर, गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नमानेपछि यसबाट देउवा र दाहाल ब्याक भएका हुन् । उता, काग्रेसभित्र पनि देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई मिलाउन हम्मेहम्मे परेको थियो ।

मन्त्रालय भागबण्डामा सहमति खोज्ने उद्देश्यले आज दाहालले कांग्रेस वरिष्ठ नेता पौडेलसँग सिंहदबारमा छलफल गरेका थिए । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा मन्त्रालय भागबण्डाको कुरा मिलेको हो । आज भएको नयाँ सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय राख्ने भएको छ ।

त्यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने क्रमशः पाँचरपाँच वटा मन्त्रालय पाउने भएका हुन् । कांग्रेसबाहेक तीन दलले एकरएक जना राज्यमन्त्री पनि पाउने भएका हुन् । कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षले भने दुई वटा मन्त्रालय पाउने भएको छ ।

सत्ता गठबन्धनका दलले मन्त्रीको नाम पनि प्रधानमन्त्रीलाई बुझाएको कांग्रेसका एक नेताले बताए । गठबन्धनमा मन्त्रालको भागबण्डा मिल्यो, मन्त्री बन्नेको नाम पनि प्रधानमन्त्रीकोमा पुगि सकेको छ, उनले भने आज रात परिसकेकाले भोली नयाँ मन्त्रीको नियुक्ती हुन्छ ।

बेलुका अवेर गरि दलहरुले देउवालाई मन्त्रीको नाम पठाएकाले आज सपथग्रहण हुन सकेन । मन्त्री बन्नेको नाम र कुन दलालाई कुन मन्त्रालय भने दलहरुले सार्वजनिक गरेका छैन ।

  • १८ आश्विन २०७८, सोमबार १८:१४ प्रकाशित