प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बन्ने भनिएका व्यक्ती को–को हुन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै समाचार प्रकाशित भए पछि अहिले राणाको चर्चा चुलिएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको बेला प्रधानान्यायाधीसले नै भागबण्डा खोजेको भन्दै एक मन्त्रीलाई उद्धत गदै समाचार सार्वजनिक भएको छ । जुन समाचारलाई सर्वोच्च अदालतले भ्रामक समाचार भनिसकेको छ ।

को हुन त प्रधानन्यायाधीश राणाले सिफारीस गरेका व्यक्ती कान्तिपुर दैनिकमा प्रकासित समाचारमा यस्तो छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीशका सम्धी तिलक रावललाई मन्त्री बनाउने विषयमा छलफल भएको थियो । तर, पोलिमोर नोट छपाइमा भ्रष्टाचार अभियोगमा सर्वोच्चमै मुद्दा विचाराधीन रहेकाले रावलको नाम अघि बढेन । त्यसपछि न्यायालय परिसरमा बिचौलियाका रूपमा परिचित दीपक तिमिल्सिनालाई मन्त्री बनाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । तर सँगसँगै प्रधानन्यायाधीशका अर्का आफन्त गजेन्द्र हमालको नाम पनि प्रस्ताव भएको छ । देउवा नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन हुँदा हमाल पार्टीको बाँके जिल्ला सभापति भएका थिए । ‘उनी अहिले सक्रिय राजनीतिमा छैनन्, तर कांग्रेसको पूर्वनेता र प्रधानन्यायाधीशको आफन्त भएकाले उनको पनि सम्भावना छ,’ एक नेताले भने ।

  • १८ आश्विन २०७८, सोमबार १७:५३ प्रकाशित