पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका १० जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला अदालले कैद तथा जरिबाना फैसला गरेकाहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरनी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका १० जनलाई आवश्यक कारवाहीका लागि अदालतमा बुझाइएको तिवारीले बताए ।
पक्राउ पर्नेहरु निम्न अनुसार छन् ।
१) चलन चलाई मुद्दामा रु.५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ७२ को टेक बहादुर गुरुङ ।
२) चलन चलाई मुद्दामा रु.५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ७१ की रन माँया गुरुङ ।
३)चलन चलाई मुद्दामा रु।५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ४० को शरेमान गुरुङ ।
४) चलन चलाई मुद्दामा रु.५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३९ को निरमान गुरुङ ।
५) चलन चलाई मुद्दामा रु.५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३६ को बेल कुमार गुरुङ ।
६) चलन चलाई मुद्दामा रु. ५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३१ को जमुना गुरुङ ।
७) चलन चलाई मुद्दामा रु.५,००० जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष २६ को बिपना गुरुङ ।
८) सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद र रु.२,००० रुपैयाँ जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा. २ कोत्रे बस्ने वर्ष ३६ को सन्तोष पुन ।
९) सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला धादिङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ मजुवा बस्ने वर्ष ४० को चक्र बहादुर गुरुङ ।
१०) लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३१ मोहरिया बस्ने वर्ष १९ को सुनिल बि.क. ।