कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

केन्द्रभाग मिडिया

गोरखा ।

नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

आज सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।

न्यौपाने हालका जिल्ला सचिव छन् ।

  • १८ आश्विन २०७८, सोमबार १७:०० प्रकाशित