पोखरा ।
नेपाली कांग्रेसले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कार्तिक १२ गते संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रवार उक्त जानकारी दिएका हुन् । पौडेलले समाचार संकलन, प्रकाशन एवं प्रसारणार्थ उपस्थितिका लागि निमन्त्रण गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी कार्यालयमा संकल्प पत्र सार्वज्निक गर्ने छन् ।














