काठमाडौं ।
आगामी निर्वाचनमा उम्मेदवारहरूले कुन कुन शिर्षकमा खर्च गर्न पाउँने भनि निर्वाचन आयोगले निर्धारण गरेको छ । ऐन तथा कानुनको परिधिभित्र रहेर उम्मेदवारले खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुने गरी उम्मेदवारले खर्च गर्न पाउने आयोगको भनाई छ ।
आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रियाका लागि खर्च गर्न सकिनेछ ।
यस्तै अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम र सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।













