हेटौंडा ।
चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ परेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा उनीहरु पक्राउ परेका हुन् ।













