काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटमा आउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
ओलीले सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् ।चुनाव केन्द्रित लाइभ डिबेटका लागि आफु तयार रहेको बताउँदै ओलीले देउवालाई आउन चुनौती दिएका हुन् ।
‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ’, ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’













