पोखरा ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले जोशीको आइतबार बिहान निधन भएको पुष्टि गरेको छ ।
२४ दिनदेखि उपचररत १०३ वर्षीय जोशी जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएपनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।













